२०८३ जेठ ५ गते मंगलबार, वैकुण्ठधाम सिधनियाघाट निर्माणसँग आबद्ध विभिन्न सरोरकारवाला निकायहरूको बैठक सघन शहरी तथा भवन निर्माण आयोजनाको कार्यालय नेपालगंजमा बसी हालसम्मको प्रगति तथा आयोजनाको हालको अवस्थाको बारेमा छलफल गरियो ।
सिधानियाघाट बैकुण्ठधामका लागी सघन शहरी तथा भवन निर्माण आयोजनाको कार्यालय बाँकेबाट आव २०८१/८२ को बिनियोजित बजेट रु २ करोडबाट न्यू नेशनल बिल्डर्स, भिमेश्वर-१०, दोलखासँग असार ३०, २०८२ मा रु १,६५,९०,५४२|- (एक करोड पैसट्ठी लाख नब्बे हजार पाँच सय बयालिस – मूक कर सहित) मा सम्झौता भएको हो ।
आवको अन्तिममा मात्र सम्झौता हुन सकेकाले आव २०८२/८३ मा सम्पन्न गर्ने गरि म्याद थपिएको हो भने आव २०८२/८३ को बजेटमा लागि समेत उक्त आयोजनाको लागि रु ३ करोड रुपैया बिनियोजित भएको थियो ।
आयोजनाको अवधारणाकाल देखि नै यो परिकल्पना हुलाकी राजमार्ग अन्तर्गत सिधानिया घाटमा निर्माणाधिन ७०० मीटरको पुलको श्रोतको समेत लाभ लिने गरि अगाडी बढाइएको हो ।
सानो स्केलको योजनाले नदि नियन्त्रण (River Training) मा धेरै खर्च गर्नु व्यवहारिक नहुने तर निर्माणाधिन पुलकै ‘स्कोप’ मा रहने उक्त कार्यकै सहक्रियात्मक लाभ लिंदै घाट निर्माण गर्ने कार्यान्वयन रणनीति रहेको थियो।
विविध कारण (हामी सबैलाई अवगतै छ) ले गर्दा यस आवमा देशभरिकै विकास निर्माणका कार्यहरू अपेक्षित रुपमा सम्पन्न हुन सकेेनन् भने यी योजनाले पनि सोहि नियति भोग्नु पर्यो ।
हुलाकी राजमार्ग अन्तर्गत निर्माणाधिन राप्ती पूलको पश्चिम तर्फका २ वटा Span ढलान गर्न मात्र बाँकी रहेको अवस्था छ ।
वर्षातको समय नजिकिदैं छ भने अहिले सबैभन्दा गहिरो पानीको वहाव भैरहेको स्थानमा Pier-१० को क्यापको निर्माण कार्य हुदैछ ।
यो चालु आ.व. २०८२/८३ मा बाकी रहेका २ वटा slab गर्न नसकिने हुँदा नदी Diversion कार्य सुरु गरिएन ।
प्रस्तावित घाटको जगमा Micropiling र Plum Concrete ढलान गर्नुपर्ने Structural Design रहेकाले नदि डाइर्भसन गरेर सुख्खा नबनाइ उक्त कार्य गर्न संभव देखिएन ।
अत: आगामी आ.व. २०८३/८४ को माघ महिना भित्र उक्त २ वटा slab ढलान गर्ने अनुरुप आगामी वर्षाको अन्त्यसँगै हिउँदमा डाइभर्सन गरिने र उक्त समयमा घाटको जगको काम अगाडी बढाउनुपर्ने अकाट्य अवस्था सृजना भएको छ ।
अघिल्लो आवकै सम्झौताको कार्य सम्पन्न नभएकाले आव २०८२/८३ मा बिनियोजित भएको बजेटको ठेक्का प्रकृया अगाडी बढ्ने कुरा भएन ।
पाइलिङसम्बन्धि कार्यको लागि निर्णाण पक्षले मेशिन जडान गरि काम सुरु गरिसकेको भएतापनि सो कार्य हालको लागि रोक्नु पर्ने भएको छ।
तर पुल परियोजनाले आगामी हिउँदमा डाइभर्सन कार्य गरेलगत्तै हाल ठेक्का पाएको निर्माण पक्षबाटै वैकुण्ठधामको बाँकी निर्माण अगाडी बढाउनु पर्ने निर्णयमा हामी सरोकारवालाहरु पुगेका छौं ।
वैकुण्ठधाम समस्त बाँकेवासीको सामुहिक प्रकल्प हो । राप्ती नदिको सिधनियाघाटमा अन्तिम संस्कारलाई सम्मानजन र व्यवस्थित गर्न वैकुन्ठधामको निर्माणप्रति सबै सरोकारवालाहरु अत्यन्त गम्भीर र जिम्मेवार छौं । परियोजना कार्यान्वयनमा काबु वाहिरको परिस्थितिको कारणले सृजना भएका भएको विलम्बलाई धैर्यतापूर्वक ग्रहण गरिदिनुहुन हामी सबै नेपालगन्जवासी, चन्दादाता, शुभेच्छुक तथा आज जनमानसलाई अनुरोध गर्छु।